सुर्खेतमा हर्षोल्लासका साथ होली मनाइँदै (फोटो फिचर)

आज फागूपूर्णिमा । पहाडी भेगमा आज होली खेलेर हर्षोल्लासका साथ मनाइँदैछ । सुर्खेतलगायत मध्यपश्चिमका विभिन्न जिल्लाहरुमा पनि विहानैदेखि हर्षोल्लासका साथ होली मनाइएको छ ।
घरघरमा तथा सडक र चौकहरुमा जम्मा भएर आफन्त र साथीभाइमाझ अविर लगाएर रमाइलो गरिएको छ ।
पहाडी क्षेत्र भन्दा एक दिन पछिमात्रै तराईमा होली भव्यताका साथ मनाइने गरिएको छ।  तराईमा भोलिमात्रै होली मनाइन्छ ।
फागुन शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रङहरुको चाड फागुपूर्णिमा विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने गरिन्छ ।
फागुपूर्णिमाका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजा लिने गर्छन् । होलीलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ ।
काठमाडौंको वसन्तपुर दरबारअगाडि फागुन शुक्ल अष्टमीको दिन लिंगो गाडेपछि होली सुरु भएको मानिन्छ । होली पर्व पूर्णिमाको दिन राति लिंगो ढालेर जलाएपछि सकिएको मानिन्छ ।
तस्बिरहरु होलीको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)सुर्खेतले आज विहान वीरेन्द्रनगरस्थित घण्टाघरमा आयोजना गरेको सद्भावपूर्ण होली मिलन कार्यक्रमका हुन् । 
प्रकाशित मितिः   ९ चैत्र २०७२, मंगलवार ०५:१६