उपचारका लागि सहयोगको याचना

दैलेखको गुराँस गाउँपालिका–८ घ्यूपोखरीका ५९ वर्षीय पानसरा खड्का लामो समयदेखि खुट्टाको क्यान्सबाट पीडित छन् । डाक्टरहरूले काठमाडौँ गएर उपचार गराउन सुझाव दिएका छन् । तर, उनी उपचारमा लाग्ने खर्च जुटाउन नसकेर घरमै थलिएकी छन् । खुट्टामा समयस्या भएपछि ६ महिना अगाडि प्रदेश अस्पताल सुर्खेतमा आएकी उनलाई केही समयका लागि औषधि दिइयो । खुट्टा निको भएन । उनी दोस्रो पटक अस्पताल आइन् । डाक्टले नेपालगन्ज गएर उपचार गराउन भने ।

बाहिर गएर उपचार गर्नका लागि उनीसँग पैसा थिएन । ऋणकर्जा गरेर जम्मा भएको रकम लिएर पानसरा भेरी अञ्चल अस्पतालमा भर्ना भइन् । त्यहाँ उपचार गर्दा पनि खुट्टाको समस्या निकोभन्दा झनै बल्झिदै गयो । ‘डाक्टरहरूले श्रीमतीको खुट्टामा क्यान्सर भएकाले काठमाडौं लिएर उपचार गर्न भनेका छन्,’ उनका श्रीमान् टेकबहादुर खड्का भन्छन्, ‘भएको पैसा अहिलेसम्म उपचारमै सकियो । निको भएन । अब कसरी उपचार खर्च जुटाउनु । उनी मर्नु न बाँच्नुको दोषाधमा छिन् ।’

पानसराको देबे्र खुट्टामा ठूलो घाउँ छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनको थप उपचारका लागि समस्या भएको हो । खड्काले श्रीमतीको ज्यान बचाइदिन याचना गरेका छन् । उनले आफूहरूसँग काठमाडौं जाने गाडी भाडासमेत नभएको बताए । ‘मसँग एक रूपैयाँ पनि छैन्, डाक्टरले तत्काल काठमाडौं गएर उपचार थाल्नुपर्ने नत्र अझै जटिल समस्या आउने बताएका छन् । जाने गाडी भाडासमेत छैन्,’ पानसराका श्रीमान् टेकबहादुरले भने । उनले उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरेका छन् । अहिलेसम्म तीन लाख खर्च भएको र उपचारका लागि अझै पाँच लाख रूपैयाँ आवश्यक पर्ने देखिएको उनले बताए । सहयोग गर्न चाहने जो–कोहीले फोन नम्बर ९८५८०६४५८६ र ९८५८०५१६३८ मा सम्पर्क गर्न सकिने पानसराका आफन्त भानुभक्त खड्काले बताए ।

प्रकाशित मितिः   ४ आश्विन २०७७, आईतवार ०८:२३