आज संविधान दिवस

आज (शनिवार) असोज ३ अर्थात् संविधान दिवस । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको छ । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको थियो । सोही दिनको अवसर पारेर आज देशभर संविधान दिवस मनाइँदैछ ।नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो । यसअघिका सबै संविधान आयोग वा विभिन्न रूपमा निर्माण भएको भए पनि नेपाली जनताका प्रतिनिधिमार्फत जारी भएको संविधान भएकाले यसको विशेष महत्व छ । नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् ।

प्रकाशित मितिः   ३ आश्विन २०७७, शनिबार ०६:०४