कर्णालीमा तीन सय तीन जना कोरोना संक्रमित

कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) का तीन सय तीन जना संक्रमित छन् । हालसम्म पुष्टि भएका दुई हजार नौ सय १४ संक्रमितमध्ये दुई हजार ६ सय पाँच जना संक्रमणमुक्त भएका हुन् । प्रदेशमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

बुधवार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जना संक्रमणमुक्त भएका छन् । प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको आरटी –पीसीआर परीक्षणमा ४९ जना र दैलेख अस्पताल र रुकुम–पश्चिमको चौरजहारी प्रयोगशालामा एक÷एक जनामा कोरोना देखिएको हो । पुष्टि भएकाहरूमध्ये चार विद्यार्थी, तीन सुरक्षाकर्मी, दुई निजामति कर्मचारी तथा एक जना इन्सेकका कर्मचारी रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

उनकाअनुसार कोरोना पुष्टि हुनेमा वीरेन्द्रनगर नगरपालिकाका १३ जना, सल्यान वनगाडकुपिण्डे नगरपालिकाका ३३ जना, दैलेखको नारायण नगरपालिका, दुल्लू नगरपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिकाका र रुकुम–पश्चिम चौरजहारी नगरपालिका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सुर्खेतमै गरिएको परीक्षणमा उदयपुर बेलाका नगरपालिकाका एक जनामा पनि कोरोना देखिएको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार कालीकोट, मुगु, हुम्ला र डोल्पामा हाल सक्रिय संक्रमित छैनन् ।

प्रकाशित मितिः   १ आश्विन २०७७, बिहीबार ०६:०२