ट्रक दुर्घटनामा चालकको मृत्यु

ट्रक दुर्घटनामा परी सोमवार दिउँसो एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१३ जर्बुटामा भएको दुर्घटनामा ३५ वर्षीय चालक ईश्वर बर्तौलाको घटनास्थलमै मृत्यु भएको हो ।

धरमपोखराबाट विद्युतको पोल छोडी वीरेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ७७५५ नम्बरको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ट्रक सडकदेखि करिब पाँच सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।