संक्रमितको संख्या ५५ हजार नाघ्यो

देशभर सोमवार थप एक हजार एक सय सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार तीन सय २९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार कोरोनामुक्त भएर आठ सय ७९ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या ३९ हजार पाँच सय ७६ जना पुगेको छ । कोरोना संक्रमणबाट तीन सय ६० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार १५ हजार तीन सय ९३ जना आइसोलेसनमा छन् भने ६ हजार आठ सय ९२ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म आरटी–पीसीआर विधिबाट आठ लाख ५१ हजार चार सय पाँच जनाको परीक्षणहरू गरिएको छ ।

यस्तै, कर्णाली प्रदेशमा सोमवार थप ४९ जनामा कोरोना पुष्टि भएको छ । सुर्खेतका ३९, दैलेखका सात, जाजरकोटका दुई र कालीकोटका एक जनामा संक्रमण देखिएको हो । योसहित कर्णालीमा संक्रमितको संख्या दुई हजार आठ सय ३५ पुगेको छ । संक्रमितमध्ये हालसम्म दुई हजार पाँच सय ३१ जना संक्रमणमुक्त भएका छन् । कोरोनाका दुई सय ९८ जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रकाशित मितिः   ३० भाद्र २०७७, मंगलवार ०६:०२