यी हुन् पक्राउ परेका ६ बन्दकर्ता

सुर्खेत, २८ कात्तिक । सुर्खेत प्रहरीले पक्राउ गरेका ६ जना बन्दकर्ताको नाम खुलेको छ । आज विहान स्थानीय यरीचौकबाट पक्राउ पर्नेहरुमा कमलसिंह बुढा, कमल नेपाली, खगेन्द्र रोकाय, गोमा वली र पार्वती न्यौपाने रहेका छन् ।

पक्राउ परेका एक जनाले भने आफ्नो नाम जीत मात्र बताएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ पर्नेहरु नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता हुन् । बन्द गराउँदै हिडेकाको बेला उनीहरुलाइ प्रहरीले नियन्त्रणमा लिएका हो ।