डा. गोविन्द केसी फेरी अनसनमा
काठमाडौं २८ कात्तिक । त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसी १० औं पटक आमरण अनसन सुरु गरेका छन् ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिन वरिष्ठताका आधारमा नियुक्त गर्नु पर्नेसहितका माग राख्दै डा. केसीले आइतबार अपराहृन अनसन थालेका हुन् ।
डा. केसीले डिन नियुक्त गर्न सरकारलाई आइतबार २ बजेसम्मको अल्टिमेटम दिएका थिए । र, त्रिभुवन विश्वविद्यालयले आइतबार मात्र डा. केशवप्रसाद सिंहलाई नियुक्त गरेको छ ।
तर, डा. केसीले भने यो अस्वीकार्य भएको बताएका छन् । वरिष्ठताका आधारमा डिन नियुक्त गर्न थालेपछि पछिल्लो तीनरचार वर्षमा केही सुधार भएको भन्दै उनले यो पटक फेरि राजनीतिक भागवण्डा र माफियाहरु हावी भएको उनले बताए ।
उनले वरिष्ठताका आधारमा डा. जगदिशचन्द्र अग्रवाललाई डिन नियुक्त गर्नु पर्ने माग गर्दै आएका छन् ।
प्रकाशित मितिः २८ कार्तिक २०७३, आईतवार १६:४६
साझा बिसौनी ।