सुर्खेतमा ‘विप्लव माओवादी’का ६ कार्यकर्ता पक्राउ

सुर्खेत, २८ कात्तिक । सुर्खेतमा बन्द गराउँदै हिडेका नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगरको यरीचौकबाट विहान ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

आज विहान स्थानीय यरीचौकबाट पक्राउ पर्नेहरुमा कमलसिंह बुढा, कमल नेपाली, खगेन्द्र रोकाय, गोमा वली र पार्वती न्यौपाने रहेका छन् ।

पक्राउ परेका एक जनाले भने आफ्नो नाम जीत मात्र बताएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण सर्वसाधारण समस्यामा परेका छन् ।
सुर्खेतमा मोटरसाइकल तथा निजी सवारी फाट्ट फुट्ट चलेपनि सार्वजनिक यातायातका साधन कम चलेका छन् ।

प्रकाशित मितिः   २८ कार्तिक २०७३, आईतवार ०९:३९