चट्याङ लागेर दुई जनाको मृत्यु

सुर्खेतको बराहताल गाउँपालिका–१ सुगुरखालका सुरजबहादुर वलीको घरमा बुधवार राति परेको चट्याङले दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार मृत्यु हुनेमा सुरजकी चार वर्षीया छोरी रोशनी वली र उनका भाइका छोरा ११ वर्षीय विनोद वलीको घटना स्थलमै मृत्यु भएको हो । घटनामा सुरजकी १० वर्षीया छोरी गंगा वली, १२ वर्षीया छोरी अमृता वली र ७ वर्षीय छोरा जय वली घाइते भएका छन् । घाइतेहरूको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।