वीरेन्द्रनगरमा ३२ जना संक्रमित थपिए
वीरेन्द्रनगर उपत्यकामा एकैदिन थप ३२ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार आइतवार सुर्खेतमा भेटिएका ४२ जना संक्रमितध्ये वीरेन्द्रनगरका मात्रै ३२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित ३२ मध्ये वडा नं. ४ का मात्रै १६ जना हुन् । हालसम्म वीरेन्द्रनगरमा स्थायी ठेगाना भएका दुुई सय ६० जनामा पुष्टि भएको छ । वीरेन्द्रनगरमा रहेका तर अन्य जिल्ला तथा प्रदेशका कति संक्रमित छन् भन्नेबारे यकिन तथ्याङ्क भने नगरपालिकासँग छैन ।
पछिल्लो समय वीरेन्द्रनगर कोरोनाको उच्च जोखिममा छ । प्रदेश राजधानी समेत रहेको नगरमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको हो । वीरेन्द्रनगरमा आइतवार भेटिएका संक्रमित तीन जना स्वास्थ्यकर्मी, एक जना सुुरक्षाकर्मी र दुई जना बैंकका कर्मचारी र अन्य समुदायस्तरका हुुन् । कन्ट्याक्ट टे«सिङको आधारमा समुदायस्तरका व्यक्तिहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुुख चेतननिधि वाग्लेले जानकारी दिए । उनका अनुसार सुर्खेतमा भेटिएका थप ४२ मध्ये दुुई जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुुन् भने अन्य सबै समुदायस्तरका हुुन् ।
कर्णाली प्रदेशमा आइतवार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाशाखाले दिएको जानकारी अनुसार सुर्खेतका ४२ जना, जुम्लाका चार जना र रुकुुम–पश्चिमका एक जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ६ सय ४९ पुगेको छ । त्यसमध्ये दुई हजार तीन संक्रमणमुक्त भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या तीन सय ३६ रहेको छ ।
प्रकाशित मितिः २२ भाद्र २०७७, सोमबार ०६:०४
साझा बिसौनी ।