संक्रमितको संख्या ४५ हजार नाघ्यो

देशभर थप एक हजार बढीमा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिवार एक हजार ४१ जनामा कोरोना पुष्टि भएको बताए । संक्रमित हुनेमा तीन सय ४९ महिला र ६ सय ९२ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४५ हजार दुई सय ७७ पुगेको छ ।

मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार आठ सय ७० रहेको छ । शनिवार मात्रै एक हजार पाँच सय ६६ जना संक्रमणमुक्त भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या २७ हजार एक सय २७ रहेको छ । हालसम्म पीसीआर विधिबाट सात लाख ५७ हजार नौ सय ६३ जनाको परीक्षण गरिएको छ । नेपालमा कोरानाले दुई सय ८१ जनाको मृत्यु भएको छ ।

यस्तै, कर्णाली प्रदेशमा शनिवार थप नौ जनामा संक्रमण पुष्टि भएको छ । जाजरकोटका तीन, दैलेखका दुई, सल्यानका एक र सुर्खेतका एक जना तथा अन्य प्रदेशका दुई जनामा संक्रमण देखिएको हो । कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार पाँच सय ९८ पुगेको छ । शनिवार प्रदेशभर ४२ जना जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या दुई हजार दुई सय ८१ रहेको छ ।

प्रकाशित मितिः   २१ भाद्र २०७७, आईतवार ०६:०२