चुलीले जित्यो उपाधि

साझा बिसौनी संवाददाता
सुर्खेत, १० चैत ।
पूर्वी सुर्खेतको गुमीमा सञ्चालन भएको भलिबल प्रतियोगितामा मटेलाको चुली युवा क्लब प्रथम भएको छ । फागु पूर्णीमाको अवसरमा स्थानीय गुमीचुली जागरण युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा साहारा युवा क्लब कोहलपुरलाई फाइनल खेलमा पराजीत गर्दै चुली प्रथम भएको हो ।
बुधवार सम्पन्न भएको खेलमा चुली युवा क्लबले प्रथम भएपछि ४५ हजार नगदसहित ट्रफी हात पारेको छ । यस्तै चुली युवा क्लबसँग पराजीत भएको साहार युवा क्लबले दोस्रो स्थानमै चित्त बुझाएको छ । 
साहाराले नगद २० हजारसहित ट्रफी हात पारेको छ । 
प्रतियोगितामा दैलेख जिल्ला खेलकुद विकास समितिको टीम तेस्रो भएको छ । तेस्रो भएको टीमलाई पनि नगदसहित ट्रफी प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी चुली युवा क्लबका ओमकार थापा घोषित भएका छन् ।  मेलामा सञ्चालन गरिएको प्रतियोगितामा विभिन्न १० वटा भलिबल टीमको सहभागिता रहेको थियो । मेलाका अवसरमा गुमीमा ब्याटमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको थियो ।