राजधानीमा बढ्दैछन् संक्रमित
सोमवार वीरेन्द्रनगरमा मात्रै २८ जनामा कोरोना भाइरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको छ । प्रदेशभर पुष्टि भएका ४० जनामध्ये वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका २८ जनामा कोरोना संक्रमण देखिएको हो । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी–पीसीआर परीक्षणमा कर्णालीका दुईसहित चार जिल्लाका नागरिकमा भाइरस पुष्टि भएको हो । वीरेन्द्रनगरमा कोरोना पुष्टि हुनेहरूमा वडा नं. ३ का चार जना, वडा नं. ४ का १० जना, वडा नं. ६ का दुई जना, वडा नं. ७ का एक, वडा नं. ८ का एक, वडा नं. १२ का १० जनासहित सुर्खेतमा ३७ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।
यसैगरी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. ८ का ६ जना र वडा नं. ९ का दुई जना, चौकुने गाउँपालिका ४ का एक जना रहेका छन् । त्यस्तै जुम्लाको पातारासी गाउँपालिकाका एक, बाँकेका एक र बैतडीका १ जनामा समेत कोरोना पुष्टि भएको महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड –१९)बाट संक्रमित हुनेहरूको संख्या दुई हजार चार सय ४२ पुगेको छ ।
सोमवार १५ जना कोरोनामुक्त भएसँगै कर्णालीमा कोरोनामुक्त हुनेको संख्या भने दुई हजार ८६ पुगेको छ । प्रदेशभर सक्रिय बिरामी तीन सय पाँच जना रहेको महाशाखाको तथ्याङ्क छ ।
प्रकाशित मितिः १६ भाद्र २०७७, मंगलवार ०६:०३
साझा बिसौनी ।