कोरोना परीक्षणको शुल्क घट्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयले आरटी–पीसीआर टेष्टको शुल्क चार हजार चार सय रूपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । ‘अबदेखि सेवा शुल्क सबै जोडेर यो भन्दा बढी लिन पाइँदैन,’ उनले भने ।

यसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले नै पाँच हजार पाँच सय रूपैयाँ शुल्क तोकेको थियो । सरकारले गर्ने निःशुल्क कोरोना परीक्षणका लागि नयाँ मापदण्ड तोक्ने तयारी मन्त्रालयको छ । सहायक प्रवक्ता अधिकारीका अनुुसार अब संक्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्नेहरूको मात्र निःशुल्क परीक्षण गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मितिः   १५ भाद्र २०७७, सोमबार ०६:०२