थप २६ जनामा संक्रमण

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । आइतवार प्रदेशका विभिन्न जिल्लामा गरेर एक हजार तीन सय ९० जनाको परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतमा १६, सल्यानमा ६, रुकुुम–पश्चिममा थप चार जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार चार सय दुई पुगेको छ । पछिल्लो समय कर्णालीमा कोरोना संक्रमणको दर बढ्दो क्रममा छ । समुदायस्तरमै संक्रमण फैलिएपछि प्रदेशका कतिपय जिल्ला तथा पालिकाहरूमा निषेधाज्ञा र आवतजावतमा कडाइ गरिएको हो ।

यस्तै आइतवार १३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म प्रदेशमा दुई हजार ७१ जना संक्रमणमुक्त भएका छन् । यहाँ सक्रिय कोरोना संक्रमितको संख्या तीन सय २५ रहेको छ । कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, आइतवार मुलुकभर थप एक हजार दुई सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले योसँगै संक्रमितको संख्या ३८ हजार पाँच सय ६१ पुगेको बताए । उनका अनुसार हालसम्म ६ लाख ८२ हजार तीन सय ४३ जनामा कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मितिः   १५ भाद्र २०७७, सोमबार ०६:०१