नेपाल सोलिडारिटी कपको फाइनलमा

सुर्खेत, २७ कात्तिक । नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कपको फाइनल प्रवेश गरेको छ । आज लाओसलाई २-१ ले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।
लाओसविरूद्धको सेमिफाइनल खेलको नेपालले १८ औं मिनेटमा अप्रत्यासित गोल खाएको थियो ।नेपाली क्षेत्रमा थ्रोको अवसर पाएको लाओसका लागि स्ट्राइकर झिसोङखम चाम्पाथोङले गरेका थिए।

नेपालका स्टाइकर विमल घर्ती मगरले ४७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । विमललाई गोलका लागि अर्का स्ट्राइकर भरत खवासले डिबक्समा भली पास मिलाएका थिए। जसमा विमलले हेडिङ गोल गरेका थिए।

निर्धारित खेल एक एकको बराबरीमा सकिएपछि समय थप गरिएको थियो । थप गरिएको समयमा हेडमार्फत गोल गर्दै अनन्त तामाङले नेपाललाइ २-१  को अग्रता दिलाए । तर त्यसको केही समयमै लाओसका खेलाडीले पनि हेडमार्फत गोल गर्दै पुन खेल बराबरीमा ल्याए । थप गरिएको समयमा खेल २-२ को बराबरीमा टु‌ङ्गिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा नेपालका हेमन गुरुङ, बिक्रम लामा, सुजल श्रेष्ठले गोल गरे

लाओसको सुरुका दुइ वटा पेनाल्टी नेपालका किपर किरण लिम्बुले रोकेका थिए । लाओसका एक खेलाडीले बाहिर फ्याकेका थिए ।

प्रकाशित मितिः   २७ कार्तिक २०७३, शनिबार १७:००