सुन्दर जोडी, खुशी जीवन

पिता मोहनमान श्रेष्ठ र माता बडालक्ष्मी श्रेष्ठको कोखबाट वि.स. २०१५ सालमा सुर्खेतको कटकुवामा जन्मिएका सुन्दरमान श्रेष्ठको बाल्यकाल समाइलोसंग वित्यो । घरको कान्छो छोरा भएकाले पनि होला सबैको मायाममतामा नै उनको बाल्यकाल वित्यो । सबैको प्यारो, सबैको माया पाएका श्रेष्ठको स्वभाव भने शान्त थियो । उनी साथीभाईहरुसंग सधै मिल्ने गर्थे । कतिसम्म भने साथीको खुसीका लागि उनी खेलमा जानी जानी हारि पनि दिन्थे । उनलाई अरुको मन दुखाउन बाल्यकाल देखि नै आएन । बरु आफु दुखी भएर पनि अरुलाई खुसी बनाउने प्रयास उनले गर्ने गर्थे ।

श्रेष्ठले कक्षा ५ सम्म वीरेन्द्रनगरकै श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राम स्कुलमा पढे । कक्षा ६ देखि भने जन उच्च मावी वीरेन्द्रनगरमा पढे । एसएलसी पास गरेपछि भने उनले आफ्नो पढाईलाई बीचैमा रोक्नु पर्ने बाध्यता आयो । उनले भने, ‘त्यति बेला सुर्खेतमा क्यापसहरु थिएनन् पढ्नलाई नेपालगंज जानु पथ्र्यो बाहिर बसेर पढ्न सक्ने आर्थिक अवस्था थिएन त्यसैले पढाई बीचैमा रोक्नु प¥यो ।’ उनले बीचमा करिव १० वर्ष जति पढाई रोके । पछि सुर्खेतमा वीरेन्द्रनगर बहुमुखी क्यापसको स्थापना भए पछि उनले फेरी कक्षा ११ देखि पढ्न सुरु गरे ।

भनिन्छ मान्छेमा आत्मबल हुनु पर्छ, भित्री मन देखि हरेक कुरा वा काम गर्न सक्छु भन्ने भावना पैदा गर्न सकेमा जस्तो सुकै परिस्थितीमा पनि मान्छे जुधेर काम गर्न सक्छन् । यस्तै श्रेष्ठले पनि १० वर्ष सम्म रोकेको पढाई फेरी अगाडि बढाउने सोचका साथ अगाडि बढेकै कारण उनले सुर्खेत शिक्षा क्यापसबाट डिग्री सकेर बसेका छन् । श्रेष्ठ कक्षा ८ पास भएर कक्षा ९ मा पढ्दा ऐच्छिक विषय रोज्नु पथ्र्यो । श्रेष्ठले शिक्षा विषय लिएर पढे । त्यति बेला देखि नै उनले भविष्यमा शिक्षक नै बन्नु पर्छ भन्ने मानसिकता बनाई सकेका थिए । भविष्यमा शिक्षक बन्ने सपना पुरा गर्न उनले दिनरात मेहेनत गरेर पढे । अन्त्यमा सफल पनि भए । उनको अर्काे रुचीको विषय भनेको हार्मोनियम थियो । उनलाई हार्मोनियम बजाउने भने पछि अरु केहि चाहिदैन्थ्यो । उनले भने, ‘मलाई हार्माेनियम भए पछि अरु चाहिदैन्थ्र्याे धेरै रुची थियो हार्माेनियम बजाउने ।’ उनले हार्माेनियम पनि बजाउन सिके । २०२९ सालमा सुर्खेतमा बालपुस्तकालय स्थापना भए पछि उनी पनि त्यहाँ जाने गर्थे । त्यहाँ उनले हार्माेनियम बजाउन सिके । हार्माेनिमय मात्र होइन उनले केहि सडक नाटकहरुमा केटीको भुमिका पनि निवार्ह गरे । सांस्कृतिक कार्यक्रम भने पछि अहिले पनि उनी अघि सक्छन् । उनी शिक्षक भएर अध्यापन गराउन थालेको ३७ वर्ष भइसकेको छ । अहिले उनी अमर ज्योती मावीमा अध्यापन गराउदै आइरहेका छन् ।

श्रेष्ठ काठमाण्डौमा बसेर आफ्नो पढाई अगाडि बढाउदै थिए । उनको नाममा एउटा चिट्ठी हातमा प¥यो । त्यो चिट्ठी उनका भिनाजुले पठाएका थिए । चिट्ठीमा भिनाजुले आफ्नो बहिनीको एसएलसी परिक्षा रद्द भएको हुँदा एक पटक बुझ्न आग्रह गरेका थिए । श्रेष्ठसंगै बस्ने उनका साथीले उनलाई केटीको बारेमा जानकारी गराए पछि श्रेष्ठलाई पनि खुलदुली भयो । श्रेष्ठ सुर्खेत आए पछि उनकै भिनाजुले आफ्नो बहिनीसंग विहे गर्ने भन्दा श्रेष्ठलाई अरु के नै चाहिएको थियो र ?

श्रेष्ठको भिनाजुको बहिनी अरु कोहि नभएर तिला थिइन् । हुन त श्रेष्ठले तिलालाई बाल्यकाल देखि नै चिनेका थिए । तर, तिलाले भने आफ्नो दाईले श्रेष्ठको दिदीलाई विवाह गरे पछि मात्र चिनेकी थिइन् । दुवैको मनमा एकअर्काे प्रतिको माया त थियो तर, भनेका थिएनन् । भन्न पनि परेन उनीहरुको मायालाई पुरा गर्न तिला कै दाईले सफल बनाइदिए ।

तिलाका पिता काठमाण्डौमा थिए । यता तिलाका हजुरआमाले र घरपरिवारको सहमतिमा विवाह गरिदिने कुरा चल्यो । २०४१ साल असोज २९ गते उनीहरु परिवारको सहमतिमा नै भागे । विवाह हुँदा तिलाले एसएलसी पास गरेकी थिइनन् । तर, उनले कष्णगंज गुप्तीपुरमा अध्यापन गर्दैथिईन । विवाहपछि तिलाले एसएलसी पास पनि गरिन् । विवाह पछि एउटी छोरीलाई बुहारी भएर घरको सम्पूर्ण जिम्मेवारी सम्मालेर पढाई अनि जागिर गर्नु भनेको सानो कुरा थिएन । तर, पनि तिलाले हिम्मत नहारेर घरपरिवार, पढाई र जागिरलाई संगसंगै अगाडि बढाइन् । उनी भन्छिन्, ‘मनमा आट र साहस हुनु पर्दा रैछ सबै काम गर्न सकिन्छ ।’

विवाहपछि दुई छोरालाई हुर्काउनु, घरव्यवहार सम्माल्नु र जागिर पनि गर्नु तिलाको लागि सहज भने थिएन । समस्या भित्रै समाधान खोज्दै उनले आफ्नो जीवनलाई सहज रुपमा अगाडि बढाइन् ।

पिता कुलमान शाक्य र माता गंगादेवी शाक्यको कोखबाट २०२२ सालमा गोठिकाँडा जन्मिएकी तिलाको बाल्यकाल सामान्य नै वित्यो । तिला भर्खर ६ वर्षको थिइन् उनको आमाको मृत्यु भयो । जति बेला आमाको माया ममताको खाँचो थियो त्यति बेला तिलाले आमा गुमाउन पुगिन् । आमाको निधन भएको दुई वर्ष पछि उनका बुवाले अर्की आमा विवाह गरेर ल्याए । कान्छी आमा भए पनि तिलाले कहिल्यै कान्छी आमाको जस्तो व्यवहार व्यहोर्नु भने परेन । जुन उमेरमा आमाको माया दैवले खोसेको थियो । तिलाले जन्म दिने आमा नपाए पनि कर्म दिने आमा भने पाइन् । उनलाई कर्म दिने चन्द्रादेवी शाक्यले तिलालाई कहिले कान्छी आमा हुनुको आभास हुन दिइनन् । तिला ६ भाई बहिनी मध्ये माइली छोरी हुन् । जन्म दिने आमाको माया पाउन नसके पनि उनले कर्म दिने आमाको माया भने पाइन् । उनी भन्छिन्, ‘मैले जन्म दिने आमा गुमाए पनि कर्म दिने आमा भेटाएँ ।’ सुर्खेत शिक्षा क्यापसबाट उनले पनि डिग्री सकेर बसेकी उनले नेरा मावि खजुरामा अध्यापन गराउछिन् ।
यो जोडीको एकआपसमा सामान्य झगडा कहिले काहि हुने गर्छ । तर, एकै छिनको लागि मात्र । उनीहरु भन्छन्, ‘श्रीमान श्रीमती भए पछि सामान्य झगडा हुनु त स्वभाविकै हो नि, जस्को पनि हुन्छ सामान्य झगडा त तर, हाम्रो झगडा एकै छिन मात्र हो ।’ झगडा गरे पनि यो जोडी एकअर्काेको प्रशंसा भने खुलेरै गर्छन् । श्रेष्ठलाई तिलाको अरुलाई दया गर्ने बानी मन पर्छ । उनी भन्छन्, ‘उनको सामाजिक काममा लाग्ने, सकारात्मक सोच नै मन पर्छ ।’ त्यस्तै तिलालाई पनि श्रेष्ठको मनमा पाप नराख्ने कुरा खुलेरै भन्ने बानी मन पर्ने गर्छ । आफ्नो पेशाप्रति इमानदार भएर लाग्ने र मेहेनती स्वभाव तिलालाई मन पर्ने गर्छ । यो जोडी एकअर्काेको जन्मदिन आयो भने मन्दिर जाने मिठाई खुवाउने पनि गर्छन् । उनीहरु भन्छन्, ‘साथमा छोराहरु भए सम्म राम्रोसंग मनाउछौ एक्लै हुँदा सामान्य नै हुन्छ ।’ यो जोडी दुई छोरा र बुहारीको साथमा सुखी छन् ।
रथ चलाउन दुई पाङग्राको आवश्यकता परे जस्तै जीवनको रथ चलाउन पनि एकअर्काेको साथको जरुरी पर्छ । त्यसैले जीवनमा विवाहलाई महत्वपूर्ण मान्न जरुरी छ । एकअर्काेको भावना बुझेर त्यहि अनुसार एकअर्काेलाई व्यवहार गर्न सके जीवनको रथ सहजै चलाउन सकिने उनीहरुको भनाई छ ।

प्रकाशित मितिः   २७ कार्तिक २०७३, शनिबार १५:५९