एकैदिन थपिए एक हजार एक सय एघार संक्रमित
एकैदिन एक हजार एक सय ११ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६ सय २९ नमुना परीक्षण गर्दा तीन सय ३४ महिला र सात सय ७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ३५ हजार पाँच सय २९ पुगेको छ । उनीहरूमध्ये एक सय ८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । बिहीवार पाँच सय ६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, बिहीवार कर्णालीमा कोरोनाका थप २५ संक्रमित भेटिएका छन् । जसमध्ये दुल्लू नगरपालिका दैलेखका मात्र १२ जना संक्रमित पुष्टि भएका हुन् । पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार तीन सय ४४ पुगेको छ । तीमध्ये दुई हजार २५ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।
प्रकाशित मितिः १२ भाद्र २०७७, शुक्रबार ०६:०१
साझा बिसौनी ।