एमयूमा अनलाइनबाटै परीक्षा
कोरोना महामारीका कारण लामो समयदेखि देशभरका शैक्षिक संस्था बन्द छन् । विश्वविद्यालयहरूमा पनि पठन–पाठन ठप्प छ । जसका कारण शिक्षण संस्थाहरूका वार्षिक कार्यक्रम पनि प्रभावित भएका छन् ।
कोरोना कहरकै बीच मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले भने अनलाइनका माध्यमबाट भए पनि परीक्षा सञ्चालन गर्ने भएको छ । आज (भदौ १२) गतेबाट अनलाइनबाट ‘मिडटर्म’ परीक्षा
लिने भएको विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र संकाय क्याम्पस प्रमुख तेजविक्रम बस्नेतले जानकारी दिए ।
उनका अनुसार कोरोनाको समस्याका कारण विद्यार्थीलाई यो सुविधा दिइएको हो । अनलाइन परीक्षामा कम्प्युटर नजान्ने विद्यार्थीले हातले लेखेर स्क्यान र फोटो खिचेर उत्तर पठाउनु पर्नेछ । विद्यार्थीलाई प्रश्न पठाएर अनलाइनमार्फत परीक्षा दिने व्यवस्था गरिएको हो ।
प्रकाशित मितिः १२ भाद्र २०७७, शुक्रबार ०६:००
साझा बिसौनी ।