चट्याङ लागेर ६ सय भेडा मरे
झण्डै ६० लाखको क्षति
जुम्लामा सोमवार चट्याङ लागेर ६ सय भेडा मरेका छन् । पातारासी गाउँपालिकाको लुम पाटनमा हावाहुरीसँगै परेको चट्याङ लागेर एकै दिन ठूलो संख्यामा भेडा मरेका हुन् ।
चरण क्षेत्रमा परेको चट्याङले पातारासी गाउँपालिका–५ का सात जना कृषकका भेडा मरेको वडा अध्यक्ष दिलबहादुर बुढाले जानकारी दिए । उनका अनुसार चट्याङले करिब ६० लाख जतिको क्षति पुगेको छ । पातारासी–५ का स्थानीय जयबहादुर बुढा, तिलसिंह बोहोरा, अमर बुढा, गोविन्द बुढा, दिलबहादुर बुढा, सप्त बुढा र शुक बुढाका भेडा मरेका हुन् ।
यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडापालन व्यवसाय हो । पातारासी गाउँपालिकाका किसानहरू व्यावसायिक रूपमा भेडा पालेर जीविकोपार्जन गर्दै आएका छन् । ठूलो संख्यामा भेडा मरेपछि यहाँका किसानहरू चिन्तित बनेका छन् । जुम्लामा २०७० सालमा निरन्तर परेकोे असिना, पानी र हावाहुरीले करिब सात सय भेडा मरेका थिए ।
प्रकाशित मितिः ९ भाद्र २०७७, मंगलवार ०६:०३
साझा बिसौनी ।