महाबुमा ३० बेडको आइसोलेसन

दैलेखको महाबु गाउँपालिकामा ३० बेडको आइसोलेसन भवन तयार गरिएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम, कर्णाली प्रदेश र गाउँपालिकाको संयुक्त लगानीमा डेढ महिना लगाएर ३० बेडसहितको आइसोलेसन भवन तयार गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीका अनुसार निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत ४० लाख र गाउँपालिकाको १२ लाख गरी ५२ लाख लागतमा आइसोलेसन भवन निर्माण गरिएको
छ । महाबु गाउँपालिकामा यसअघि १७ बेडको आइसोलेसन रहेको थियो । यो गाउँपालिका कोरोनाका धेरै संक्रमित भएको पालिकामध्ये पर्छ । अध्यक्ष शाहीका अनुसार महावुमा हालसम्म एक सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये अधिकांश संक्रमित संक्रमणमुक्त भइसकेको उनले जानकारी दिए ।

प्रकाशित मितिः   ७ भाद्र २०७७, आईतवार ०६:०१