प्रजिअसँग मुख्यमन्त्रीको भर्चूअल बैठक
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण, रोकथाम र विपद् प्रतिकार्यका लागि सक्रियतापूर्वक काम गर्न सुझाव दिएका छन् । मुख्यमन्त्री शाहीले शुक्रवार कर्णाली प्रदेशका सबै प्रमुख जिल्ला अधिकारीसँग भर्चूअल बैठकममार्फत यसरी काम गर्न सुझाएका हुन् ।
नागरिकको जीउँधनको सुरक्षा गर्नु प्रमुख दायित्व भएको भन्दै मुख्यमन्त्री शाहीले जनताको जीउधनमा क्षति पुगेमा राज्यले जवाफ दिनुपर्ने बताए । ‘पछिल्लो समय लक्षणसहितको संक्रमण बढेको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा थप सतर्कता बढाउनुप¥यो,’ उनले भने ।
उनले कर्णालीमा वृद्धवृद्धा, दम तथा दीर्घरोगीहरूको संख्या धेरै रहेको र लक्षणसहितको संक्रमण समुदायमा पुगेमा मृत्युदर बढ्न सक्ने चिन्ता व्यक्त गरे । ‘संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले कर्णाली प्रवेशमा सीमा नाकाहरूमा कडाइ गरेको छ । प्रदेश भित्रिने नाकाहरूमा अनिवार्य पीसीआर रिपोर्ट माग गर्ने निर्णय भएको छ । सो निर्णयको कडाइपूर्वक कार्यान्वयन गराउनुहोला,’ मुख्यमन्त्री शाहीले प्रजिअहरूलाई भने ।
मेलापर्वको समय सुरु भएकाले यो पटक कुनै पनि मेला, महोत्सव, भेला, तथा राजनीतिक भेला, बैठक र भिडभाड हुने गतिविधि पनि रोक्न प्रजिअहरूलाई सुझाव दिए । जिल्ला विपद् व्यवस्थापन केन्द्र (डीसीएमसी) बैठकबाट स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर हरेक नागरिकलाई अनिवार्य मास्क लगाउने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ थियो । प्रदेश सरकारले जिल्ला अस्पतालहरूमा अक्सिजन, कम्तीमा एउटा भेन्टीलेटर र पाँचदेखि सात वटा आईसीयू बेड व्यवस्था गर्न लागेको उनले जनाए ।
प्रकाशित मितिः ६ भाद्र २०७७, शनिबार ०६:०१
साझा बिसौनी ।