उपत्यकामा १५ जना संक्रमित थपिए
सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा मात्रै एकैदिन थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार कर्णाली प्रदेशमा ३३ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये वीरेन्द्रनगर उपत्यकाका मात्रै १५ जना हुन् ।
जनस्वास्थ्य सेवा कार्यालय सुुर्खेतका अनुसार वीरेन्द्रनगरमा भेटिएका संक्रमितमध्ये सात जना सरकारी भवन निर्माणमा काम गर्ने कामदारहरू हुुन् । उनीहरू केही दिन अघि मात्रै पर्सा, बारा र बाँकेबाट आएका थिए । कार्यालयका अनुसार अन्य संक्रमितमध्ये तीन जना सरकारी कर्मचारी, तीन जना सुरक्षाकर्मी, एक जना वित्तीय संस्थाका कर्मचारी र एक जना वीरेन्द्रनगरकै स्थानीय छन् ।
यस्तै बिहीवार दैलेखमा १७ जनालाई कोरोना संक्रमण देखिएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार एक सय ६३ पुुगेको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार त्यसमध्ये एक हजार नौ सय ४५ जना संक्रमणमुक्त भएका छन् । बिहीवार मात्रै १३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन् । अब प्रदेशमा सक्रिय कोरोना संक्रमित दुई सय १२ जना छन् । पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमणको जोखिम बढेको छ । जसले गर्दा प्रदेशका जिल्ला तथा स्थानीय तहले निषेधाज्ञा र आवतजावतमा कडाइ गर्न थालेका छन् ।
दैलेखमा बिहीवार १७ जनामा संक्रमण पुष्टि भएको छ । यहाँ संक्रमितको संख्या एक हजार पुगेको छ । यस्तै सुर्खेतमा ६ सय सात, सल्यानमा दुई सय ६०, रुकुुम–पश्चिममा ३०, कालीकोटमा ७७, जुुम्लामा ५९, जाजरकोटमा ३३, मुगुमा १०, डोल्पा र हुम्लामा पाँच÷पाँच जना तथा कर्णालीमै रहेका तर अन्य प्रदेशका ७७ जनामा संक्रमण देखिएको हो ।
प्रकाशित मितिः ५ भाद्र २०७७, शुक्रबार ०६:०३
साझा बिसौनी ।