एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमवार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ का कारण गत चैत ५ गते एसईई परीक्षा स्थगित भएको थियो । एसईईमा करिब चार लाख ८२ हजार परीक्षार्थी सहभागी हुने तयारीमा थिए । कोरोना भाइरस संक्रमणका कारण यस वर्ष विगत जस्तो परीक्षा भएन । विद्यालयले नै गरेको मूल्याङ्कनलाई बोर्डले प्रमाणीकरण गरेको हो ।

परीक्षााफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइने छैन । परीक्षाफल प्रकाशन गर्दा कुनै त्रुटि भए सच्याउनका लागि विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालय आउनैपर्ने बाध्यात्मक व्यवस्था समेत हटाइएको छ । नतिजा प्रकाशन भएको ३५ दिनभित्र विद्यार्थीले फारम भरेर इकाइमा बुझाएपछि इकाइले नै त्रुटि सच्याएर विद्यालयमा पु¥याउने व्यवस्था गरिएको बताइएको छ ।

प्रकाशित मितिः   २ भाद्र २०७७, मंगलवार ०६:०४