‘मोबाइल प्रयोग गर्न पाइने कल्पना पनि थिएन’

कृष्णबहादुुर रोकाय कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुुन मन्त्रालयमा अधिकृतस्तर छैटौं हुन् । वि.स. २०३२ माग २८ गते बुवा हर्कबहादुर रोकाय र आमा बेलु रोकायका जेठा सन्तानका रूपमा जुम्लाको चन्दनाथ नगरपालिकामा जन्मिएका उनी झण्डै दुई दशकदेखि निजामती सेवामा कार्यरत छन् । दुर्गममा जन्मे हुर्केका उनले यो अवस्थासम्म आइपुग्न निकै संघर्ष गरेका छन् । उनै रोकायले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकाल यसरी साटे ।
मेरो बाल्यकाल दुुःख र संघर्षमै बित्यो । हाम्रो परिवार आर्थिक रूपमा विपन्न थियो । खेतीले वर्षभरी खान पुग्दैन्थ्यो । बुवाको मुखियाको जागिर थियो । आमा बिरामी भइरहने हुँदा उहाँको कमाई उपचारमै सकिन्थ्यो । आमा बिरामी भइरहने र म घरको जेठो सन्तान भएकाले पनि घरको जिम्मेवारी बढी थियो । म पछिका तीन भाइ थिए । उनीहरूको रेखदेख गर्ने म नै थिएँ ।
बिहानै तीन बजे उठेर मेलापात गर्नुपथ्र्यो । उज्यालो भएपछि ट्यूसन पढ्न जाने अनि घर आएर खाना खाएर स्कुुल जान्थ्यौं । साँझ पनि स्कुलबाट आइसकेपछि घरकै काममा लाग्नु पथ्र्यो । स्कुलमा दिउँसो छुट्टी भएका बेलामा पनि गाईवस्तुुलाई घाँस–पानी गर्न घर आउनुपथ्र्यो । विद्यालय नजिकै भएकाले घरको काम गर्न पनि सजिलो हुन्थ्यो । मैले कक्षा १ देखि ३ सम्म घर नजिकैको आर्दश प्राविमा पढेँ । त्यसपछि चारसम्म चन्दनाथ माविमा पढेँ । हिउँद र बर्खाको समयमा गाईवस्तुु लेक र वेशीमा लिने चलन हुुन्थ्यो । लामो समयसम्म गाईवस्तु लिएर बाहिरै बस्नु पथ्र्यो ।
म कक्षा १० मा पढ्ने बेलासम्म मलाई साथीहरू सबैले साह्रै सोझो छस् भन्थे । कम बोल्ने स्वभावको थिएँ । स्कुलमा खासै धेरै बोल्थेन् । बरु अहिले साथीहरूले मलाई त्यसबेलामा हामीले त्यसै सोझो भनेका रहेछौं भन्छन् । हामी भाइबहिनी नै छिमेकीको नजरमा ज्ञानी थियौं । कहिलेकाँही छोरा हुुनुु त यिनिहरू जस्तै हुनुपर्छ भनेर छिमेकीले उदारणसमेत दिन्थे ।
कहिलेकाँही पढ्न अल्छी लाग्यो भने कक्षा कोठाबाट भाग्थ्यौं । अञ्चलाधीशका छोराछोरी मेरो मिल्ने साथी थिए । हामी एउटै कक्षामा पढ्थ्यौं । पढ्न मन लागेन् भने झ्यालबाट भाग्ने अनि बाहिर गएर खेल्ने गथ्र्यौ । सबैभन्दा धेरै बुुबाको डर लाग्थ्यो । म पढाइ छोडेर खेल्न गएको थाहा पाउने बित्तिकै पिटाई खान तयार हुुनुुपथ्र्यो ।
बजारतिर गयो भने उहाँले थाहा पाइहाल्नुुहुुन्थ्यो । साँझ घर आउँदा फकाइफकाई बोलाउनुहुन्थ्यो । अनि पिट्नुुहुन्थ्यो । कहिलेकाँही पिट्नु भयो भने म गोठमा गएर सुत्थे । आमाले त्यही लगेर खाना दिनुुहुन्थ्यो । पढाईमा राम्रै थिएँ । कक्षामा तेस्रो र चौंथोमै मेरो नाम आउँथ्यो । त्यसबेला पढ्न त्यति सजिलो थिएन् । कापी कलम पाइँदैनथ्यो । मैले सुरुमा सिलौटामा माटो राखेर अक्षर लेख्न सिकेको हुँ । माटोमा लेखेर मेटिहाल्नु पथ्र्यो । पछि ठूलो कक्षा हुँदै गएपछि कापी कलम पाउन थाल्यौं ।
मैले कक्षा चारमा पढ्ने बेलामा काठमाडौंको बुढानिलकण्ठ स्कुलमा छात्रवृत्तिमा नाम निकालेको थिएँ । आमाले जेठो छोरा टाढा पठाउँदिन भनेर भन्नुभयो । म गइहाल्छु कि भनेर उहाँ रून थाल्नुभयो । त्यसपछि मैले आमालाई रूवाएर काठमाडौं पढ्न नजाने निधो गरेँ । पढाइमा मेरो एकदमै रूचि थियो । हामी चार भाइले नै सरकारी जागिर खानुुपर्छ र बीए पास गर्नुपर्छ भन्ने लक्ष्य लिएका थियौं । अहिले चार भाइ नै सरकारी सेवामा छौं ।
खान नपुग्दा कहिलेकाहीँ आधा पेट खाएर पनि बस्नुुपथ्र्यो । कहिलेकाहीँ त सिस्नो मात्रै पकाएर भए पनि छाक टार्ने गरिन्थ्यो । भाइहरू पनि भनेको मान्थेँ । खाने कुरामा कहिले पनि गुनासो गर्थेन् । जे छ त्यही खान्थँे । एक पटकको सम्झना छ, एक दिन खाने कुरा केही नभएको दिन हामीले सिस्नो पकाएर खाएका थियाँै । एक पटक गाईवस्तुु लिएर लेक गएको बेलामा दुई भाइलाई पाँच वटा रोटी मात्रै भयो । माइलो भाइले चार वटा रोटी सबै दुधमा मिसाएर खान थाल्यो । मैले एउटै रोटी खाए । पछि भाइले खान नसकेर जबरजस्ती खान लगाएको सम्झना आउँछ ।
कहिलेकाहीँ गाउँमा काम गर्न जान्थ्यौं । पचास सय रूपैयाँ कमाइन्थ्यो । कसैले काम लगाउँथे, पैसा दिन्थेनन्, ठगिदिन्थे । त्यस समयको दुःख सम्झने हो भने अहिलेका बालबालिकाहरूलाई धेरै सुविधा छ जस्तो लाग्छ । उनीहरू सूचना प्रविधिको पहुुँचमा छन् । खाना र कामको दुुःख छैन । त्यस बेलामा घरमा एउटा रेडियोसम्म हुुन्थ्यो । मेरो बुवा मुखिया भएकाले उहाँले एउटा रेडियो ल्याएर घरमा राख्नु भएको थियो । कहिलेकाहीँ रेडियो नेपाल सुन्थ्यौं । टेलिभिजन र मोबाइल फोन देख्न र प्रयोग गर्न पाइएला भन्ने त हामीले कल्पना पनि गरेका थिएनौं । अहिले लगभग सबै बालबालिकाको हातमा फोन छ । त्यसैबाट सबै कुरा जान्न बुझ्न पाउँछन् । त्यसबेला जिल्लामा एउटा आबा हुन्थ्यो । टाढाका सम्पर्क गर्नुपरे त्यसैबाट कुरा गर्थे ।
सानो छँदा मलाई प्रविधितर्फ धेरै रूचि थियो । एसएलसीपछि त्यही विषय लिएर उच्च शिक्षा पढ्ने सोच पनि बनाएको थिएँ । तर बुवाले बाहिर जान दिनु भएन । त्यसपछि मैले एघार बाह्र कक्षा जुम्लामै पढेँ । स्नातक र स्नातकोत्तर नेपालगन्जबाट पढेँ । मैले एसएलसीको परीक्षा दिने बित्तिकै गाउँमै कक्षा १० लाई पढाउन थाले । पार्टटाइम बोर्डिङ्ग स्कुलका विद्यार्थीलाई पनि पढाउँथे ।
यसले गर्दा पछि घरमा आर्थिक रूपमा सहज हुँदै गयो । मैले २०५४ सालमा लोक सेवा दिएर मुुखियामा नाम निकाले । बीचमा विविध कारणले जागिर छोडेँ । त्यसपछि फेरि ५९ सालमा खरदारमा नाम निकाले । त्यसयता निरन्तर सरकारी सेवामा छु । अहिले प्रदेश सरकार गठन भएपछि आन्तरिक मामिला तथा कानुुन मन्त्रालयमा विपद् व्यवस्थापन शाखामा अधिकृतस्तर छैटौं पदमा कार्यरत छु ।
प्रकाशित मितिः ३१ श्रावण २०७७, शनिबार ०६:०६
मुना हमाल ।