चन्दा असुल्दै गर्दा तीन जना पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरीसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले जिल्ला सेक्रेटरी राजबहादुर भाम (उदय) सहित तीन जनालाई पक्राउ गरेको हो ।

तिलागुफा गाउँपालिका–७ घोडेगाउँबाट चन्दा असुल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । उनकाअनुसार पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका–६ का जुम्ला सेक्रेटरी भामसहित जुम्लाको हिमा गाउँपालिका–७ धाचुनन्द तिरुवा र सोही ठाउँका सपना बुढा रहेका छन् ।

उनीहरूबाट चन्दा असुलीको ठेलीसहित सदस्यता फारम, केही किताबहरू र स्थानीय तहका जनप्रतिनिधिको नामावलीसमेत बरामद गरिएको एसएसपी बास्तोलाले जानकारी दिए ।