रहेनन् रोकाया

जनता समाजवादी पार्टी (जसपा) का कर्णाली प्रदेश महासचिव पञ्चसिंह रोकायाको निधन भएको छ । रोकायको सोमवार बिहान वीरेन्द्रनगर नगरपालिकाको लाटीकोइलीस्थित आफ्नै घरमा निधन भएको हो । उनी लामो समयदेखि मुखको क्यान्सरबाट पीडित थिए ।

पाँच वर्षअघि कलेजो ट्रान्सप्लान्ट गरी निको भएका उनलाई मुखको खटिरा क्यान्सरले गत चैतमा ग्रसित बनाएको थियो । क्यान्सर भएपछि उनी उपचार गरेर घरमै बसिरहेका थिए । नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्षसमेत रहेका उनी बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थामा अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए । उनी जनजातिका अगुवा नेता तथा सामाजिक अभियन्ताको रूपमा पनि परिचित थिए । रोकायाका दुई छोरा र एक छोरी छन् ।

प्रकाशित मितिः   २७ श्रावण २०७७, मंगलवार ०६:०४