तीन सय ८० संक्रमित थपिए, थप दुई जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशस्थित स्वास्थ्य सेवा महाशाखाहरूको पछिल्लो विवरणअनुसार आइतवार देशभर थप तीन सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा आठ हजार पाँच सय १५ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार नौ सय ७२ पुगेको छ । उनीहरूमध्ये ७५ जनाको मृत्यु भएको छ भने १६ हजार तीन सय ५२ जना निको भइसकेका छन् । कोरोना संक्रमणबाट आइतवार थप दुई जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार सबैभन्दा धेरै काठमाडौंमा ९० जना संक्रमित थपिएका छन् । यस्तै पर्साका ७३ जना, धनुषाका ३७, मोरङका २८, बाँकेका २१, सप्तरी र कपिलवस्तुका १७÷१७ जना, महोत्तरीका १५ र रूपन्देहीका १० जनामा संक्रमण पुष्टि भएको छ । डोटीका आठ, चितवनका सात, सुनसरीका ६, सिराहा, झापा, सर्लाही, बारा, दाङ र जुम्लाका चार÷चार जना, नुवाकोट र डडेलधुराका तीन÷तीन जनामा संक्रमण पुष्टि भएको हो । ललिपुर, बर्दिया, सुर्खेत र कालीकोटका दुई÷दुई जना तथा रौतहट, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, पर्वत, पाल्पा, दैलेख र बैतडीका एक÷एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   २६ श्रावण २०७७, सोमबार ०९:१७