स्वास्थ्य सहकारीमा थापा
नेपाल स्वास्थ्यकर्मी संघ स्वास्थ्य सहकारी संस्था लिमिटेड सुर्खेतको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार वीरेन्द्रनगरमा सम्पन्न सभाले उदयबहादुर थापा क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सभाले समितिको उपाध्यक्षमा विनिता बस्याल, सचिवमा योगेन्द्र कुमार बम, कोषाध्यक्षमा निरञ्जन वाग्लेलाई चयन गरेको छ ।
त्यस्तै, सहकारीको सदस्यहरूमा केशव ढकाल, मिथुला श्रेष्ठ, रेशमलाल गौतम, दयाराम पङ्गाली, कल्पना थापा, पूर्णप्रसाद उपाध्याय चयन भएका छन् । सहकारीको गत आर्थिक वर्षमा ११ लाख ११ हजार एक सय २१ रूपैयाँ निक्षेप संकलन गरी १२ लाख २० हजार दुई सय ५४ रूपैयाँ कर्जा लगानी गरेको जनाइएको छ । गत आर्थिक वर्षमा सहकारीको कूल कारोबार १३ लाख २१ हजार दुई सय ४५ रूपैयाँ भएको छ ।
प्रकाशित मितिः २५ श्रावण २०७७, आईतवार ०६:०३
साझा बिसौनी ।