पाँच जना संक्रमित थपिए

कर्णाली प्रदेशमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । शनिवार तीन जिल्लाका पाँच जनामा संक्रमण देखिएको हो । प्रदेश अस्पतालको प्रयोगशाला गरिएको आरटी–पीसीआर परीक्षणमा तीन जना, दैलेख अस्पतालमा भएको परीक्षणमा एक जना र चौहजहारी नरपालिकास्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतको वीरेन्द्रनगर–१२ का ३७ वर्षीय पुरुष, चिङ्गाड गाउँपालिकाका २२ वर्षीया महिला र ६५ वर्षीय पुरुष, डुङ्गेश्वर गाउँपालिका दैलेखका ४४ वर्षीय पुरुष र छेडागाढ नगरपालिका जाजरकोटका २६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नौ सय ७० पुगेको छ ।

शनिवार नै पाँच जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या एक हजार आठ सय ६८ पुगेको छ । महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेशभर कोरोनाका ‘एक्टिभ केस’ ९६ मात्र छन् । कर्णालीमा हालसम्म कोरोनाबाट ६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मितिः   २५ श्रावण २०७७, आईतवार ०६:०२