कर्णाली संयोजकमा सेजुवाल

सुर्खेत: शिक्षा पत्रकार समूहको कर्णाली प्रदेश संयोजकमा कलेन्द्र सेजुवाल चयन भएका छन् । बुधवार बसेको समूहको केन्द्रीय कार्यसमिति बैठकले सातै प्रदेशमा प्रादेशिक संरचना विस्तार गर्ने निर्णय गरेसँगै कर्णालीमा सेजुवाललाई संयोजकमा छनोट गरेको हो । झण्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय सेजुवालले शिक्षा पत्रकारितामा समेत विशेष रिर्पोटिङ्ग गर्दै आएका छन् । सेजुवाल कान्तिपुर दैनिकका कर्णाली प्रदेश ब्यूरो प्रमुख समेत हुन् । उनले शिक्षा पत्रकार समूहको कर्णाली प्रदेशस्तरीय प्रादेशिक कार्यसमिति गठन गर्ने छन् । शिक्षा पत्रकार समूह शैक्षिक क्षेत्रका मुद्दाहरूमा कलम चलाउने क्रियाशील पत्रकारहरूको छाता संगठन हो ।

प्रकाशित मितिः   २४ श्रावण २०७७, शनिबार ०६:०३