कपासे नजिक बस दुर्घटना

सुर्खेत, २६ कात्तिक । सुर्खेतको कपासे ब्यारेक नजिक शुक्रबार साँझ पुनः बस दुर्घटना भएको छ । केही समय अघि दुर्घटना भएको खबर सेलाउन नपाउँदै शुक्रबार साँझ साढे पाँच बजेतिर कपासे ब्यारेकभन्दा करिब दुई किलोमिटर माथि बैद्य भन्ने ठाउँमा बस दुर्घटना भएको हो ।

दैलेखदेखि काठमाडौं जाँदै गएको ना ५ ख ४४९१ नम्बरको काँक्रेबिहार यातायात व्यवसायी समितिको बुलबुले मेट्रो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय नसिंङ्ग होममा उपचार भइरहेको छ ।