सिमिकोट विमानस्थलमा जहाज दुर्घटना

सुर्खेत २६ कात्तिक ।  हुम्लाको सिमिकोट विमानस्थलमा शुक्रबार विहान मकालु एयरको जहाज दुर्घटना भएको छ । सुर्खेतबाट उडेको नाइन एन एजेजी जहाज विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको हो ।

विमानको पाङग्रा पञ्चर भएर दुर्घटना भएको बताइएको छ । सुर्खेतबाट समान लिएर हुम्ला गएको विमान अवरतणका क्रममा बिहान ८ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनाबाट विमानमा सामान्य क्षति पुगेको छ । अन्य कुनै क्षति भएको छैन । सामान बोकेर गएको कार्गो विमानमा पाइलट र कोपाइलट दुईजनामात्र सवार थिए ।

 

प्रकाशित मितिः   २६ कार्तिक २०७३, शुक्रबार ०६:०९