नेक्रायुसंघको समीक्षा

साझा बिसौनी संवाददाता
सुर्खेत, ११ चैत । 
नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी युवा संघको सुर्खेतमा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनको समीक्षा कार्यक्रम बिहीवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । 
कार्यक्रममा नेमकिपाका पूर्व केन्द्रीय सदस्य उदयजंग शाहीले सम्मेलनको सन्देश गाउँ तहसम्म पु¥याउनुपर्नेमा जोड दिए । नेमकिपा सुर्खेतका अध्यक्ष मणिराम तिवारीले पार्टी तथा जनवर्गीय सङ्गठनका कार्यकर्ताहरूको उत्साह निरन्तर रहिरहनुपर्ने बताए । कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य प्रेमकुमार थापा, नेमकिपा सुर्खेतका उपाध्यक्ष वमबहादुर शाही, नेक्रावि संघका केन्द्रीय सदस्य कुमारविक्रम शाही लगायतले पार्टी तथा विभिन्न जनवर्गीय सङ्गठनका क्रियाकलापका बारेमा सम्मेलनबारे समीक्षा गर्दै व्यवस्थापकीय कमी कमजोरीलाई आगामी दिनमा सुधार्नुपर्नेमा जोड दिएका थिए ।
प्रकाशित मितिः   १२ चैत्र २०७२, शुक्रबार ०३:३५