आरडीटी परीक्षणमा रोक

सरकारले आरडीटी परीक्षण नगर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतवार नियमित प्रेस बिफ्रिङ्मा
कोभिड–१९ को निदान र पहिचानका लागि आरडीटी परीक्षण नगर्न निर्देशन दिएका हुन् । उनले सात वटै प्रदेश, स्थानीय तह र अस्पताललाई आरडीटी परीक्षण नगर्न जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनले आरडीटी परीक्षणमा मान्यता नदिदा समेत स्वास्थ्य मन्त्रालयले भने आरडीटी परीक्षण गर्न किट खरिद गरेर सुरु गरेको थियो । तर जनस्वास्थ्य विज्ञहरूले पटक–पटक आरडीटी बन्द गर्न र पीसीआर परीक्षणको दायरा बढाउन सुझाव दिएका थिए । विभिन्न क्षेत्रबाट आरडीटी परीक्षण भएको भन्दै विरोध जनाएपछि मन्त्रालयले आरडीटी परीक्षण रोक्ने निर्णय गरेको हो ।

प्रकाशित मितिः   १९ श्रावण २०७७, सोमबार ०६:०४