राखी बनाउने तालिम


सुर्खेत: हिन्दुहरूको चाड जनैपूर्णिमालाई लक्षित गरी वीरेन्द्रनगर–६ मा रक्षाबन्धन (राखी) बनाउने तालिम दिइएको छ । शनिवार सुर्खेत महिला जेसीज वर्ष–२०२० ले राखी बनाउने एक दिने तालिम सम्पन्न गरेको हो ।

सुर्खेत महिला जेसीज वर्ष–२०२० को नारा ‘महिला शक्ति, राष्ट्रको विकासलाई’ सार्थक पार्न एवम् महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको वर्ष–२०२० का अध्यक्ष प्रमी शाक्यले जानकारी दिइन् । उनका अनुसार सो तालिममा १० जना महिलाहरू सहभागी थिए । तालिममा रश्मी शाक्य केसीले परीक्षण दिएकी थिइन् ।

प्रकाशित मितिः   १८ श्रावण २०७७, आईतवार ०६:००