पाँच जिल्लामा २२ संक्रमित थपिए

कर्णाली प्रदेशमा बिहीवार थप २२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । सुर्खेत, दैलेख र रुकुम–पश्चिममा गरिएको आरटी–पीसीआर परीक्षणमा प्रदेशका पाँच जिल्लामा नयाँ संक्रमित भेटिएका हुन् ।

दैलेखका १०, सुर्खेतका सात, मुगुका एक, सल्यानका तीन, जाजरकोटका एक जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या एक हजार नौ सय ३७ पुगेको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीवार प्रदेशभर १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या एक हजार ६ सय ९७ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ ।