पहिरोमा परेर ३२ जनाको मृत्यु

मनसुन सुरु भएयता कर्णाली प्रदेशमा पहिरोमा परेर ३२ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार बुधवार दिउँसोसम्म जाजरकोटमा १५ जना, कालीकोटमा १० जना, रुकुम–पश्चिममा चार जना, सुर्खेत, दैलेख र सल्यानका एक÷एक जनाको पहिरोमा परेर ज्यान गएको हो ।

केही दिनयता परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा आठ जना बेपत्ता भएका छन् । कालीकोटमा ६ जना र जाजरकोटमा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले यो अवधिमा पहिरोमा परेर २० जना घाइते भएको जानकारी दिए । दैलेखमा ६ जना, जाजरकोटका सात जना, कालीकोटमा दुुई जना र रुकुुम–पश्चिममा पाँच जना घाइते भएका हुन् ।

मंगलवार राति खसेको पहिरोले कालीकोटको नरहरिनाथ गाउँपालिकामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको थियो । नरहरिनाथ–७ माल्कोट बागामा पहिरोले घर पुरिँदा एकै परिवारका सात जनाको मृत्यु भएको हो । राति सुतिरहेका बेला पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनीहरू १० वर्षीया चन्द्रिका बुढा, १२ वर्षीया विमला बुढा, नातिहरू ७ वर्षीय रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढाको ज्यान गएको हो ।

त्यस्तै, नरहरिनाथ गाउँपालिका–४ माझगोठीमा पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय बाले बुढा र उनकी पत्नी ६५ वर्षीया मना बुढाको पनि शव भेटिएको छ । सोमवार राति पहिरोले घर पुरिँदा रास्कोट नगरपालिका–१ पोतमाराकी १५ वर्षीया बेलपुरा शाहीको मृत्यु भएको थियो । नगरपालिका–१, बडोलतलास्थित जयबहादुर शाहीको घरमाथिबाट आएको पहिरोले उनीसहित पाँच जना बेपत्ता भएका छन् ।

सोमवार राति गाउँमाथिबाट पहिरो खस्दा रुकुमको बाँफीकोट गाउँपालिका–९, स्यालाका २२ वर्षीय नविन विक र १६ वर्षीय बलबहादुर सुनारको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मनसुन सुरु भएयता पहिरोले ६१ घरमा क्षति गरेको छ । जाजरकोटमा ६, कालीकोटमा नौ, हुुम्लाका ३८, रुकुम–पश्चिमका पाँच, सुर्खेत, दैलेख र मुगुका एक÷एक घरमा पहिरोले क्षति पु¥याएको हो । यो अवधिमा दुुई करोड ९१ लाख ८७ हजार रूपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मितिः   १५ श्रावण २०७७, बिहीबार ०६:०५