सुनको मूल्य एक लाख नजिक

सुनको मूल्य झण्डै एक लाख नजिक पुगेको छ । बुधवार प्रतितोला ९८ हजार पाँच सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलवार प्रतितोला ९८ हजार दुई सयमा कारोबार भएको सुन तीन सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

बुधवार चाँदीको मूल्य भने २० रूपैयाँले घटेर हजार दुई सय २५ रूपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । मंगलवार चाँदीको मूल्य एक हजार दुई सय ४५ रूपैयाँ प्रतितोलामा कारोबार भएको थियो । पछिल्लो सातादेखि बढिरहेको चाँदीको मूल्य बुधवार भने घटेको हो । बुधवार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार नौ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको महासंघले
जनाएको छ ।