कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

काठमाडौं २५ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले गत कात्तिक ६ गते सञ्चालन गरेको कक्षा १२ को मौका परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको छ ।
नतिजा अनुसार परीक्षामा सहभागी कुल ३२ हजार ६ सय ३६ परीक्षार्थीमध्ये २५ हजार ८ सय ६९ जना उत्तीर्ण भएका छन् । जुन कुल परीक्षार्थीको ७९ दशमलव २७ प्रतिशत हो ।

कक्षा बाह्रमा एक विषय लागेर अनुत्तीर्ण भएका परीक्षार्थीलाई बोर्डले मौका परीक्षाको अवसर दिदैं आएको छ । परीक्षामा अंग्रेजी विषयमा सबैभन्दा धेरै ११ हजाार ८ सय ३० जना सहभागी थिए । परीक्षा मुलुकभरका ८७ केन्द्रमा सञ्चालन भएको थियो ।

Loading...