नगर कमिटी गठन

सुर्खेत, ११ चैत । (साबिस)
एकीकृत नेकपा (माओवादी) निकट योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) को वीरेन्द्रगर नगर कमिटीको  अध्यक्षमा विक्रम कुमाल चयन भएका छन् । बिहीवार वीरेन्द्रनगरमा सम्पन्न प्रथम नगर सम्मेलनले कुमालको अध्यक्षतामा २६ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा डिल्ली भट्टराई, सचिवमा धिरेन्द्र चन्द, सहसचिवमा कुशल महतारा, कोषाध्यक्षमा सागर शाही चयन भएका छन् । यस्तै सदस्यहरूमा सुरेश विक, सन्त टमटा, समिन खाँण, जसबहादुर शाही, धनबहादुर शाही, नवराज श्रेष्ठ, सुशान्त वली, विजयविक्रम विक, टीकाराम सुनार, नविन बिसी, आमुरा बम ठकुरी, कुमार घिमिरे, खीमबहादुर शाही, सुमन शर्मा, कमल शाही, अनिल विक, खीमबहादुर शाही, सुवाश पहाडी, अमृत नेपाली, दीपराज सिंह ठकुरी र बमबहादुर विश्वकर्मा चयन भएका छन् । 
यसैबीच नवगठिन नगरकमिटीको पहिलो बैठकले भ्रष्टाचार र कालोबजारी नियन्त्रणमा स्थानीय प्रशासनसँग समन्वय गरेर काम गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमालको अध्यक्षतामा बसेको बैठकले यही चैत महिनाभित्र नगरपालिकाका वडाहरूको सम्मेलन गरिसक्ने निर्णय पनि गरेको छ । सम्मेलनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वाइसीएल नेपालका केन्द्रीय 
सचिव देवजंग शाहीले युवाहरू समाजवादी क्रान्तिका लागि जुट्नुपर्ने बताए । कार्यक्रममा एमाओवादी सुर्खेतका अध्यक्ष नरबहादुर विष्टले युवाहरू समाज रूपान्तरणका लागि अग्रसर हुन आग्रह गरे । यस्तै उपाध्यक्ष कृष्ण जिसी र सचिव ठम्मर विष्टले समृद्ध नयाँ नेपाल निर्माणका लागि युवाहरूको अहम भूमिका रहने भन्दै यो देशको क्रान्ति सम्पन्न गर्नका लागि सम्पूर्ण युवाहरू एकजुट हुनुपर्ने बताए । 
कार्यक्रममा वाइसीएल नेपालका केन्द्रीय सदस्य डिल्ली सुवेदी, सुरज डिसी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव पञ्चा सिंह, अखिल (क्रान्तिकारी) सुर्खेतका अध्यक्ष महेश जिसी लगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रम वाइसीएल सुर्खेतको जिल्ला सम्मेलन आयोजक समितिका सदस्य पदम वनको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रकाशित मितिः   १२ चैत्र २०७२, शुक्रबार ०३:३७