जुम्लामा एमबीबीएस पढाउन माग

सरकारलाई डा. केसीको तीन हप्ते अल्टिमेटम

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले तीन वटा माग राख्दै सरकारलाई तीन साताको अल्टिमेटम दिएका छन् । दुई वर्ष अघि सरकारसँग भएको सम्झौता अनुसार जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएसको पढाइ सुरु गर्न, चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न र चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउन माग माग गरेका छन् ।
आइतवार जुम्लामा पत्रकार सम्मेनमार्फत तीन बुँदे माग सार्वजनिक गरेका केसीले माग पूरा नभए पुनः सत्याग्रह बस्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको अनुमति रोकेको आरोप लगाउँदै तत्काल अनुमति प्रदान गर्न डाक्टर केसीले माग गरेका छन्  ।
त्यस्तै उनले कैलालीको गेटा मेडिकल कलेज र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन गराउन पनि माग गरेका छन् । सरकार काठमाडौंमा हुने मेडिकल शिक्षाको व्यापारका लागि कर्णाली जस्ता दुर्गमका प्रतिष्ठान असफल पार्न खुलेर लागेको आरोप लगाएका छन् । ‘आफै कूलपति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरोध ल्याउले प्रधानमन्त्री केपी ओलीको अनैतिक दम्भ र माफियाहरूसँगको साँठगाँठका कारण जनशक्ति नपुगेको वहाना बनाएर अहिलेसम्म कर्णालीमा एमबीबीएसको पढाइ सुरु गरिएको छैन,’ केसीले भने । दुई वर्षअघि जुम्लाबाट अनशन बन्दा अपहरण शैलीबाट उठाई काठमाडौं लगेको सरकारले आफ्ना माग पूरा गर्न नसकेको भन्दै उनले आपत्ति जनाएका छन् ।

प्रकाशित मितिः   १२ श्रावण २०७७, सोमबार ०६:०३