लकडाउन खुलेसँगै बढ्दो कोरोना संक्रमण

cQl/of, @! r}tM
:jfa k/LIf0f ub}{ :jf:YosdL{
s}nfnLsf] ;]tL k|fb]lzs c:ktfndf :yfkgf ul/Psf] sf]/f]gf efO/; -sf]le8–!(_ k|of]uzfnfdf :jfa k/LIf0f ub}{ :jf:YosdL{ . tl:a/ M dLg 7s’/L

कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दैनिकजसो बढ्न थालेको छ । लकडाउन खुलेसँग ठूलो संख्यामा संक्रमितहरू फेला पर्न थालेका हुन् । असार अन्तिमदेखि साउन पहिलो सातासम्म घट्दै गएको संक्रमणको ग्राफ फेरि उकालो लाग्न थालेका हो । जसले गर्दा अहिले जोखिमसँगै संक्रमणको दर पनि बढ्दै गएको छ ।

साउन ६ गते लकडाउन खुलेसँगै संक्रमितहरूको संख्या बढ्न थालेको हो । साउनयता मात्र कर्णालीमा एक सय ६५ जनामा संक्रमण देखिएको छ । जेठ ५ गते पहिलो पटक संक्रमण पुष्टि भएको कर्णालीमा उक्त महिनामा अत्याधिक संक्रमित भेटिएका थिए । जेठमा मात्र नौ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो महिना असारमा भने संक्रमणदर अलि घटेको देखिन्थ्यो । असारमा सात सय ५७ जनामा संक्रमण भेटिएको थियो । यी दुई महिनामा अंक गणितीय दरमा संक्रमण बढेको पाइएको थियो । असार मसान्तदेखि साउन पहिलो सातासम्मको अवधिमा भने संक्रमण केही घटेको थियो । त्यसयता भने दिन प्रतिदिन ठूलो संख्यामा संक्रमित थपिने क्रम जारी छ ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार साउन ६ गते प्रदेशभर १२ जनामा कोरोना संक्रमण देखिएकोमा ७ गते २२ जना संक्रमित थपिएका थिए । त्यस्तै ८ गते ३० जना, ९ गते ११ जना १० गते २७ जना र ११ गते २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमणको सुरुवाती चरणमा भारतबाट आउनेहरूको संख्या धेरै भएका कारण उनीहरूमा मात्रै संक्रमण देखिने गरेकोमा हाल भेटिने संक्रमित अधिकांश समुदायस्तरका हुन् ।

समुदायमा गएर नखोज्दै धेरै स्थानीय संक्रमित भेटिनु खतराको संकेत भएको चिकित्सकहरूले औंल्याएका छन् । कर्णालीमा पछिल्ला दिनहरूमा भेटिएका अधिकांशको अहिलेसम्म संक्रमण स्रोत भने भेटिने गरेको छैन । जसका कारण यति धेरै स्थानीयमा कहाँबाट कसरी संक्रमण स¥यो भन्ने सवाल खडा भएको छ । अधिकांशको संक्रमण स्रोत नभेटिनुले पनि समुदायमा संक्रमण व्यापक भइसकेको अट्कल काट्न सकिन्छ । किनकी हालसम्म समुदायमा संक्रमण पुष्टि भएकाहरूको न लामो ‘ट्राभल हिस्ट्री’ देखिन्छ, न संक्रमितसँग सम्पर्कमा आएको रेकर्ड नै भेटिएको छ । थप अनौठो त के छ भने संक्रमितहरूको प्रत्यक्ष सम्पर्कमा आएका सबै मानिसको परीक्षण गर्दा समेत कसैमा पनि संक्रमण पुष्टि हुने गरेको छैन ।

केही दिन पहिले कर्णाली प्रदेशसभाका एक जना सदस्यको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखियो । दैनिकजसो धेरै व्यक्तिको सम्पर्कमा रहने उनलाई संक्रमण देखिएपछि अन्य प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारी, चालक, पत्रकार गरी झण्डै तीन सय जनाको पीसीआर परीक्षण भयो । तर, उनको सम्पर्कमा रहेका कसैमा पनि संक्रमण देखिएन । सबैको रिपोर्ट नेगेटिभ आयो । केही दिन पहिले जाँच गर्दा ती संक्रमित प्रदेशसभा सदस्यको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो । त्यसयता उनी प्रायः प्रदेशसभा बाहेक अन्यत्र गएका पनि थिएनन् । कहाँबाट उनलाई स¥यो र उनीबाट त्यति धेरै सम्पर्कमा रहेका व्यक्तिहरूमा किन संक्रमण सरेन भन्नेमा चिकित्कसहरू समेत अचम्मितमा परेका थिए । हाल उनी संक्रमणमुक्त भइसकेका छन् ।

कोरोना संक्रमणको उच्च खतरा रहदारहँदै यसलाई खेलाँची मान्न थालिएको छ । हेलचक्य्राइँ बढेसँगै दिनहुँ संक्रमणदर पनि बढ्दै गएको छ । जसले गर्दा आगामी दिनमा झनै संक्रमणले भयावह रूप लिन सक्ने अवस्था देखिएको हो । बढ्दो संक्रमणको मुख्य कारण मानिसहरूले स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउनु मानिएको छ । लकडाउन खुलेसँगै मानिसहरूले कोरोना संक्रमण हुन सक्छ र त्यसका लागि जुनसुकै स्थानमा सावधानी अपनाउनुपर्छ भन्ने नै बिर्सन थालेका छन् । कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. प्रदीप न्यौपानेले मानिसहरूले बेवास्ता गरेका कारण संक्रमण बढ्ने खतरा रहेको औंल्याए । हालसम्म ‘कन्ट्रयाक ट्रेसिङ’का आधारमा न्यून मात्र परीक्षण भएकाले समुदायमा कुन दरमा संक्रमण फैलिएको छ भन्नेबारे एकिन गर्न नसकिने उनले बताए ।

उनका अनुसार अधिकांश संक्रमितहरू आफैं टेष्टका लागि पुग्ने गरेका छन् । केही केसहरू मात्र स्थानीय कन्ट्रयाक ट्रेसिङबाट भेटिएका हुन् । प्रदेशमा देखिएका संक्रमितहरूमध्ये ५ प्रतिशतमा पनि कोरोनाको लक्षण नदेखिएको डा. न्यौपानेले जनाए । संक्रमितहरूमा केहीलाई सामान्य रुघाखोकी लाग्ने गरे पनि अघिकांश संक्रमित भने सामान्य अवस्थामा रहेका छन् ।

महामारी विज्ञहरूका अनुसार कन्ट्रयाक ट्रेसिङ नै महामारी नियन्त्रणको मुख्य हतियार हो । जति छिटो कन्ट्रयाक ट्रेसिङ ग¥यो, त्यति संक्रमण फैलिने सम्भावना कम रहन्छ । तर, कर्णालीमा हालसम्म समुदायस्तरमा गएर कोरोना टेष्ट गरिएको छैन । यहाँ कन्ट्रयाक ट्रेसिङ निकै कमजोर देखिएको छ । क्वारेन्टाइन र आइसोलेसनमा व्यक्तिहरूको आरटी–पीसीआर परीक्षण गर्ने गरिएको छ । समुदायका मानिसमा नगन्य संख्यामा मात्र परीक्षण हुने गरेको हो । पछिल्लो समय परीक्षणको पहुँच बढाइएको छ । प्रदेशका चार जिल्लामा पीसीआर मेसिन जडान भए पनि परीक्षण गराउनेको संख्यामा भने कमी आएको छ ।