थप २७ जनामा संक्रमण

कर्णाली प्रदेशमा थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतको प्रयोगशाला गरिएको आरटी–पीसीआर परीक्षणमा सुर्खेतका ११, दैलेखका दुई, कालीकोटका तीन, हुम्लाका एक, मुगुका दुई र जाजरकोटका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

सुर्खेतमै गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका दुई जनामा पनि संक्रमण भेटिएको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म कर्णालीमा कोरोना पुष्टि हुनेको संख्या एक हजार आठ सय ५१ पुगेको छ । तीमध्ये एक हजार ६ सय ३९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । प्रदेशमा हाल दुई सय १२ जना मात्र संक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मितिः   ११ श्रावण २०७७, आईतवार ०६:०२