विपद्बाट एक सय ८१ जनाको मृत्यु
वैशाखदेखि यही साउन ९ गतेसम्म देशभर विपद्बाट एक सय ८१ जनाले ज्यान गुमाएका छन् । प्राकृतिक विपद्बाट परेर दुई सय ७८ घाइते भएका छन् भने भने अझै ५१ जना बेपत्ता छन् । यसपाली सबैभन्दा बढी पहिराले क्षति गरेको छ । पहिराका कारण मात्रै एक सय २८ जनाले ज्यान गुमाएका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलका अनुसार पछिल्लो १० वर्षमै मनसुन पछिको उक्त अवधिमा सबैभन्दा बढी पहिरोले क्षति पुगेको हो । वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको हो ।
यो अवधिमा पहिरोबाट अझै ४४ जना बेपत्ता छन् । एक सय १४ जना घाइते छन् । बाढीबाट ६ को मृत्यु, सात बेपत्ता र तीन घाइते छन् । चट्याङ्ग लागेर ४७ जनाको मृत्यु भएको र एक सय ६१ जना घाइते भएका प्राधिकरणले जनाएको छ । मनसुन सुरु भएको समय जेठ ३१ बाट साउन ९ गतेसम्म भने पहिरोले धेरै मानिसको ज्यान लिएको हो । त्यसपछि चट्याङ्गले बढी मानवीय क्षति भएको छ ।
प्रकाशित मितिः ११ श्रावण २०७७, आईतवार ०६:०२
साझा बिसौनी ।