समन्वयात्मक बैठक सम्पन्न

वीरेन्द्रनगरमा बुधवार स्थानीय तहको समन्वयात्मक बैठक सम्पन्न भएको छ । वातावरण सुधार समाज ‐इडीएस) सुर्खेतद्वारा अक्सफाम नेपालको अर्थिक सहयोगमा सञ्चालित स्वच्छता तथा व्यवहार परिवर्तन कार्यक्रम अन्र्तगत स्थानीय तहको समन्वयात्मक बैठक बसेको हो ।

वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा भएको बैठकमा स्थानीय विपद् व्यवस्थापन समितिका सदस्यहरू, सुरक्षा निकाय, नागरिक समाज तथा संघ–संस्थाका गरी ४२ जनाको सहभागीता रहेको थियो । बैठकमा स्वच्छता तथा व्यवहार परिवर्तन कार्यक्रमका संयोजक हिमाल राजीले कार्यक्रम अन्तर्गत सञ्चालित गतिविधिहरूको अवस्थाबारे जानकारी गराए । सरोकारवाला निकायबाट बैठकमा उठेका जिज्ञासाको वातावरण सुधार समाजका संयोजक जगतकुमार केसीले सहजीकरण गरेका थिए ।

प्रकाशित मितिः   ८ श्रावण २०७७, बिहीबार ०६:०१