भोलि कर्णालीमा सार्वजनिक बिदा

सुर्खेत : कर्णाली प्रदेशमा भोलि (बिहीवार) सार्वजनिक बिदा दिइएको छ । साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलवार सार्वजनिक सूचना जारी गरी भोलि सार्वजनिक बिदा हुने जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले गत जेठ १२ गते साउन १ सहित ७ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारले धान दिवसका दिन असार १५ र चैत १२ (जुम्लामा मात्र), साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा साउन १, प्रदेश स्थापना तथा सहिद दिवस भदौ ४, चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला (जुम्लामा मात्र) असोज कृष्ण त्रयोदशी, माघे संक्रान्ति माघ १, चैते दशैं चैत शुक्ल अष्टमी, फोत्तोलो ल्होसारका अवसरमा तिथिअनुसार बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित मितिः   ३१ असार २०७७, बुधबार ०६:०१