थपिए ४७ जना संक्रमित

कर्णाली प्रदेशमा सोमवार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४१ जना सुर्खेतका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ६३ पुगेको छ । संक्रमितमध्ये हालसम्म सबैभन्दा बढी दैलेखका छन् । दैलेखमा सात सय ९२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै सुर्खेतमा चार सय ६८, सल्यानमा दुुई सय ११, कालीकोटमा ५७, जुम्लामा ३४, जाजरकोटमा २०, रुकुम–पश्चिममा १९, डोल्पामा चार, मुुगुुमा पाँच र हुुम्लामा दुुई जनामा संक्रमण देखिएको थियो । कोरोना संक्रमणका कारण ६ जनाको मृत्युु भइसकेको छ ।यस्तै कर्णालीमा कोरोना संक्रमणमुुक्त भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । पछिल्लो तथ्याङ्क अनुसार संक्रिय संक्रमित दुुई सय दुुई जना मात्र छन् । सोमवार मात्रै ४७ जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रदेशमा कोरोना संक्रमणमुुक्त हुनेको संख्या एक हजार चार सय ५५ पुगेको छ ।

प्रकाशित मितिः   ३० असार २०७७, मंगलवार ०६:०५