२१ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना भाइरस ‐कोभिड–१९) संक्रमण देखिएको छ । आइतवार चार जिल्लाका २१ जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुुसार प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुुर्खेतका ११ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुुम्लामा गरिएको परीक्षणमा कालीकोटका सात जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै चौरजहारी नगरपालिकामा रहेको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम (पश्चिम)का दुई जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एक जनामा संक्रमण पुष्टि भएको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार छ सय १६ पुगेको छ । केही दिनयता प्रदेशमा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । आइतवारसम्म प्रदेशमा एक हजार चार सय आठ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या दुई सय आठ मात्र रहेको छ । आइतवार मात्रै थप ४३ जना डिस्चार्ज भएका हुन् । स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सुुर्खेतका एक, दैलेखका ३० र सल्यानका १२ जना संक्रमणमुक्त भएर घर गएको जानकारी दिए । कर्णालीमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्युु भएको छ ।

थुनुवामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्ष सिल गरिएको छ । हाडनाता करणीमा १४ गते पक्राउ परेका वीरेन्द्रनगरका ३६ वर्षीय पुरुषमा २६ गते कोरोना संक्रमण पुष्टि भएको हो ।

अनुसन्धानका क्रममा हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार पीडित र पीडकको सम्पर्कमा रहेका आफन्त, प्रहरी र अन्यसहित २२ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएको छ ।

प्रहरीका अनुसार संक्रमित ती व्यक्तिलाई जाहेरीका आधारमा पक्राउ गरी असार १४ गते जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । हिरासतमा राख्नुअघि पीडितको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) चेकजाँच गरिएको थियो । आरडीटी जाँच गर्दा उनमा कोरोना संक्रमण देखिएको थिएन ।

बलात्कार आरोपी ती पुरुषको बयान सकिएको छ । अदालतमा मुद्दा बुझाउने बेला हाजिर गराउने गरेर उनलाई आइसोलेसनमा पठाइएको प्रहरीले जनाएको छ । थुनुवामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालयको हिरासत कक्ष सिल गरिएको छ ।

प्रकाशित मितिः   २९ असार २०७७, सोमबार १०:००